किंग्स कलेजले १६औं इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम आयोजना गर्ने




काठमाडौं । किंग्स कलेजले २९ देखि ३१ भादौसम्म काठमाडाैंमा १६आैं इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम (आइएफ) सम्मेलनकोे आयोजना गर्ने भएको छ । तिन दिनसम्म संचालन हुने सो कार्यक्रम आयोजनाका लागि कलेजले बेलायतस्थित इसेक्स विजनेश स्कुलसँग सहकार्य गरेको जानकारी पत्रकार सम्मेलनमार्फत दिएको छ ।

हरेक वर्ष विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस आइएफ सम्मेलनको यस वर्षको थिम दिगो उधमशिलता तथा आर्थिक विकास रहेको छ ।

सन् २००१ मा इटालिको नेपल्स्बाट सुरु भएको यस सम्मेलनको आयोजना हालसम्म चीन, भारत, दक्षिण अफ्रिका, कोलम्बिया, टर्की, बहराइन, इटाली, लुथिनिया तथा लाट्भीयामा भइसेकेको छ भने यस वर्ष नेपालमा सो कार्यक्रम पहिलोपटक आयोजना हुन लागेको हो ।

सम्मेलन अन्तर्गत प्लिनरी तथा प्यानल सेसन, शैक्षिक, नीतिगत तथा अभ्यासजन्य प्रस्तुती तथा छलफलहरु, नेटवर्किङ्ग, समाजिक अन्तरक्रिया तथा उत्कृष्ट प्रस्तुतीहरुलाई पुरष्कार लगायतको कार्यक्रमहरु समावेश आयोजकले जानकारी दिएको छ ।

यसका अलावा सम्मेलनमा १३ वटा स्टलहरु पनि राखिनेछ, जसमा मेडेप परियोजना अन्तर्गत छानिएका १० उत्कृष्ट बस्तुहरुको प्रदर्शनी गरिने किंग्स कलेजले जनाएको छ । पाँचवटा सफल उधमशिलताको यात्रा सम्बन्धि भिडियो पनि देखाइनेछ, जसमा उत्कृष्ट चयन हुने एक भिडियोलाई ५० हजार रुपैँया राशि बारबरको पुरष्कारले सम्मान गरिनेछ ।

आयोजक कलेजकाअनुसार सम्मेलनको क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी जम्मा ६० जना प्रस्तोताहरुले दिगो उधमशिलता, स्टार्टअप तथा दिगो उधमशिलता, दिगो उधमशिलता तथा विकासका साथसाथै दिगो उधमशिलतामा महिला लगायतको सहायक थिमहरुमा आफ्नो प्रस्तुती राख्नेछन् ।

कार्यक्रममा शिक्षक तथा विधार्थी, उधमी, विज्ञ, अनुसन्धानकर्ता, ब्यापारी तथा ब्यवसायी तथा विकास संस्थाहरुको प्रतिनीधिहरु गरी ६०० जनाभन्दा बढी सहभागीहुने अपेक्षा गरीएको छ ।

‘गएको वर्ष हामीले आयोजना गरेको सामाजिक उधमशिलतामा अन्तराष्ट्रिय सम्मेलनबाट प्रभावित भएर यस वर्ष हामीलाई आइएफ सम्मेलनको आयोजना गर्ने अवसार प्रदान गरिएको हो,’ कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले भने ।

लामो इतिहास तथा बृहत्तर प्रभाव पार्न सफलआइएफ सम्मेलनको आयोजनाले देशमा उधमशिलताको क्षेत्रमा थप बल पुग्ने विश्वस लिएको अर्यालले जनाए ।

कलेजले एमबिए अन्टरप्रेनरशिपको विशेष कक्षा संचालन गरिरहेको छ भने युनुस सामाजिक उधमशिलता केन्द्रको स्थापना, सामाजिक उधमशिलतामा वार्षिक अन्तराष्ट्रिय सम्मेलनको आयोजना, विजनेश इन्कुवेटरको संचालन लगायतद्धारा देशको उधमशिलताको क्षेत्रमा उल्लेख्य योगदान पु¥याइरहेको छ ।

सम्मेलनमा सहभागी हुन नेपाली नागरीकका लागि ६६५० रुपैँया तथा न्यूनआयभएका मुलुकहरुको नागरीकका लागि १३४०० रुपैँया दर्ता शूल्क तोकिएको छ भने नेपाली तथा विदेशी पूर्णकालीन विधार्थीहका लागि सो शूल्क ५३०० रुपैँया तथा बेलायती नागरिका लागि २६ हजार ८ सय रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु