९.९३ प्रतिशतमा एभरेष्ट बैंकले घर र गाडी किन्न ऋण दिने



काठमाडौं । एभरेष्ट बैंकले दशैं र तिहारको अवसर पारेर न्युनतम ब्याजदरमा घर र गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले ९.९३ प्रतिशतमा घर र गाडी कर्जा दिने भएको छ । यस्तै सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिने जनाएको छ । त्यसैगरी, बैंकले १०.१८ प्रतिशतमा साना तथा मझौला व्यवसाय कर्जा दिने जनाएको छ ।


पुष्प दुलाल