तेस्रो चरण निर्वाचनकालागि ३८ हजार ४८ जनाको उम्मेदवारी दर्ता



काठमाडौं । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी० बाट प्राप्त पछिल्लो जानकारीअनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख÷अध्यक्ष पदमा एक हजार ८१३, उपप्रमुख÷उपाध्यक्ष पदमा एक हजार १३५ र वडाध्यक्ष पदमा आठ हजार ४७४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

यसैगरी, खुल्ला सदस्य दुई पदमा १३ हजार ७३१, महिला सदस्यमा ६ हजार ७३५ र महिला दलित सदस्यमा ६ हजार १६० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरणलाई प्रशोधन गरी यकिन गर्ने कार्य जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा गरी कुल ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । रासस


क्लिकमान्डु