निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन



काठमाडौं । ऊर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनिहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

जलविद्युत आयोजनाहरुको पछिल्लो अबश्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले जलविद्युत आयोजनाहरुमा देखिएको समस्याबारे आफूले पहल गर्ने भन्दै गंभीरतापूर्वक तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले जलविद्युत आयोजनाहरु समयभित्रै सम्पन्न भए माग अनुसारको विद्युत आपूर्ती गर्न सकिने बताए ।

नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गत रहेका ११ वटा जलविद्युत आयोजनाहरुका प्रमुखहरुसंग आयोजनाहरुको प्रगति विवरणबारे मन्त्री शाहीले जानकारी लिएका थियो ।

सरकारी लगानीमा माथिल्लो तामाकोशी , चमेलिया , कुलेखानी तेस्रो , रहूघाट, माथिल्लो त्रिशुली थ्रि ए , तल्लो सन्जेन , माथिल्लो सन्जेन , रसुवागादी , मध्ये भोटेकोशी , तनहुँ र माथिल्लो त्रिशुली थ्री बि जलविद्युत आयोजनाहरु निर्माण भईरहेका छन् ।

यी आयोजनाका प्रमुखहरुले बैठकमा वन , स्थानीय जनताको मुआब्जा वितरण र ठेकेदारबाट देखीएका समस्याहरु प्रस्तुत गरेका थिए ।


पुष्प दुलाल