घरजग्गा कर बढाइँदै, बर्षभरीमा ८६ वटा काम गर्ने विद्यासुन्दरको घोषणा




काठमाडौं । काठमाडौं महानगरपालिकाका घरजग्गा कर बढाउन फेरि गृहकार्य थालेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिको सय दिन कार्य प्रगति सार्वजनिकीकरण कार्यक्रममा घरजग्गा कर पुनारावलकन गर्ने बताएका हुन् ।

यस अघि महानगरले आर्थिक ऐन मार्फत नयाँ घरजग्गा कर ल्याएको थियो । आर्थिक ऐनमा राखिएको घरजग्गा करमा गम्भीर त्रुटि भएको भन्दै महानगरले कर उठाउन बन्द गरेको थियो ।

पहिलाकोभन्दा यस्तो कर बढाउन भन्दै आर्थिक ऐन मार्फत ल्याएको नयाँ घरजग्गा कर अनुसार कर उठाउँदा पहिला उठाउने गरिएकोभन्दा निकै कम हुने भएको थियो । सका कारण महानगरले घरजग्गा कर उठाउन रोक लगाएको थियो ।

महानगरको पुरानो आर्थिक ऐनमा ३० लाख रुपैयाँसम्मको मुल्यांकन भएको घरजग्गाधनीले महानगरलाई एकमुष्ट ९०० रुपैयाँ तिर्नुपथ्र्याे । तर, नयाँ व्यवस्थाअनुसार यस्तो कर ५०० रुपैयाँ मात्रै तिर्नुपर्ने भएको थियो ।

गत आर्थिक वर्षमा काठमाडौं महानगरले घरजग्गाबाट ५८ करोड रुपैयाँ कर उठाएको थियोे । तर, नयाँ आर्थिक ऐन अनुसारको करको दर कार्यान्वयन गर्दा चालू आर्थिक वर्षमा उठेको भन्दा निकै कम कर उठ्ने सम्भावना रहेका कारणले घरजग्गा कर उठाउन रोक लगाउनु परेको महानगर श्रोतले जनाएको छ ।

अब बर्षभरीमा ८६ वटा काम गर्ने
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचन अगाडि जनता सामू गरिएको बाचा पूरा गर्न नसकिएको स्वीकार गरेका छन् । मेयर शाक्यले निर्वाचनमा जनतासँग भोट माग्ने क्रममा सय दिनमा १ सय १ काम गर्ने बताएका थिए ।

‘जनतासँग गरिएको बाचा अनुसार काम गरिरहेको छु, तर, स्थानीय तहलाई दिएको अधिकार स्पष्ट नभएकाले काम जटिल बन्न गएको हो,’ शाक्यले भने ।

शाक्यले सय दिनमा गर्ने भनेको कामका लागि थप एक वर्षको समय माग गरेका छन् ।

‘मैले सय दिनमा धेरथोर काम गरेको छु, आगामी आर्थिक बर्ष भित्रमा ८६ वटा काम गर्छु,’ शाक्यले भने ।


क्लिकमान्डु