एपी वान टिभीले भन्यो- नेपाल आइडलको प्रसारण रोकिँदैन



काठमाडौं । एपी वान टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित टेलिभिजन शो नेपाल आइडल निरन्तर प्रशारण गरिने एपी वान टेलिभिजनले जनाएको छ ।

टेलिभिजनले नेपाल आइडलको विरुद्ध परेको मुद्धाको असरको बारेमा जानकारी दिँदै आइडलको निरन्तर प्रशारणमा कुनै असर नपर्ने दाबी गरेको छ ।

वुधवार जिल्ला अदालत काठमाडौंले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको मुद्धाको सुनुवाई गर्दै आइडलको भोट गणना गर्ने कार्य नगर्न अल्पकालीन आदेश दिएको थियो ।

एपीवानले भने अदालतको निर्णयले शो प्रशारणमा कुनै असर नपर्ने भन्दै नेपाल आइडलका लागि यो साता भोट अपिल नगरिने जनाएको छ ।


क्लिकमान्डु