नेपाल आइडलको टप ४ छान्ने एपिसोडमै भएको थियो २ करोड रुपैयाँभन्दा बढीको भोट



काठमाडौं । चर्चित टेलिभिजन शो नेपाल आइडल पछिल्लो सातादेखि विवादमा आएको छ ।

गत साताको एपिसोडमा चारजना प्रतिस्पर्धी निशान भट्टराई, सागर आले, बुद्द लामा र प्रदाप दास मध्ये एकजना प्रतियोगिता बाहिरनु पर्ने थियो ।

नेपाल आइडल छान्ने जिम्मा अन्तिममा भोटिङको आधारमा हुने आइडल कार्यक्रमको विश्वव्यापी नियम हो । जसको कारण नेपाली भाषी दार्जिलिङका प्रशान्त तामाङ इन्डियन आइडियल बनेका थिए ।

कार्यक्रममा कुल ३७ लाख २० हजार २ सय ८० वटा भोटिङ भएको थियो । एक भोट एसएमएस गर्न कर बाहेक ६ रुपैयाँ लाग्छ । यस आधारले २ करोड २३ लाख रुपैयाँ भोटिङको लागि मात्र दर्शकले खर्च गरेका छन् ।

तर, गतसाताको कार्यक्रममा दर्शकले आफुलाई मनपर्ने गायकलाई भोटिङ गरे । तर ,अनौठो के भयो भने नेपाल आइडलबाट चारजना मध्ये कोही पनि बाहिरिएनन् ।

सो कार्यक्रममा कुल ३७ लाख २० हजार २ सय ८० वटा भोटिङ भएको थियो । एक भोट एसएमएस गर्न कर बाहेक ६ रुपैयाँ लाग्छ । यस आधारले २ करोड २३ लाख रुपैयाँ भोटिङको लागि मात्र दर्शकले खर्च गरेका छन् ।

दर्शकहरुले भोटिङको पैसाको लागि टेलिभिजनले कसैलाईपनि आउट नगरेको आरोप लगाएका छन् । सामाजिक संजालमा पनि यस्तै प्रतिक्रिया बढी छ ।

नेपाल आइडल संचालन गर्ने एपीवन टेलिभिजनका कसैले पनि प्रतिक्रिया दिन भने चाहेनन् । उनीको भनाई कार्यक्रम नियम अनुसार संचालन भएको भन्ने छ ।

भोटिङ गरिसकेपछि कार्यक्रममा चार जनामा कोही पनि नबाहिरिएको भनेपछि यसको विरुद्ध अदालतमा मुद्दा दायर भएको थियो ।

अधिवक्ता यज्ञमणी न्यौपानले करार कानूनको उलंघन भएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतले अल्पकालिन अन्तरिम आदेश दिएर त्यो अवधीसम्म भोटिङ नगर्न भनेको छ । अब २३ गते हुँने सुनुवाईले यसको फैसला गर्ने छ ।

अन्नपूर्ण मिडिया नेटवर्कले संचालन गरेको नेपाल आइडलले नयाँ आएको टेलिभिजन एपि वनको टिआरपी निकै बढेको छ । अनौपचारिक सर्वेक्षणमा अहिले टेलिभिजनमा सबैभन्दा बढी हेरिने टेलिभिजन कार्यक्रम हो ।

बेलायती टेलिभिजन कार्यक्रम पप आइडलको नेपाली फ्रेन्चाइजी नेपाल आइडल हो । नेपाली दर्शकमा इन्डियन आइडल बढी लोकप्रिय थियो । यो पनि फ्रेन्चाइज कार्यक्रम हो ।


क्लिकमान्डु