टिकट नपाएपछि कांग्रेसमा खुकुरी हानाहान



सिराह । स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनोटको विषयलाई लिएर सिराहामा कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।

झडपमा १० जना कार्यकर्ता घाइते भएका छन् ।

सिराह नगरपालिकाको मेयरमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादवका छोरा डा सुवासन्द्र यादवलाई उठाउने भएपछि कांग्रेसमा विवाद देखिएको थियो ।

बुधवार उम्मेद्वार दर्ताको क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवासचन्द्रको विरोध गरेपछि विवाद भएको हो । उपेन्द्रपनि मेयर पदमा दाबी गरेका थिए ।
घाइतेको अहिले उपचार भइरहेको छ ।


क्लिकमान्डु