सेयर धितोमा एनआइसी एशिया बैंकले २ दिनमै २५ लाखदेखि १० करोडसम्म ऋण दिने



काठमाडौं । एनआइसी एशिया बैंकले फेरि सेयर धितो कर्जा योजना दिन थालेको छ । ग्राहकहरुले अत्याधिक रुचाएको बैंकको लोकप्रिय कर्जा योजना फेरि सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले सरल प्रक्रियामै कर्जा दिने जनाएको छ । आवेदन दिएको २ कार्यदिनमै न्यूनतम २५ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्म कर्जा दिने बैंकले जनाएको छ । ग्राहकले बैंकका सबै (१२०) शाखाबाट सेयर धितो कर्जा लिन सक्नेछन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराईने बैंकका कर्पोरेट कम्युनिकेशन एण्ड ब्राण्डीङ मेनेजर सरोज भट्टराईले जानकारी दिए ।


पुष्प दुलाल