सिटिजन्स बैंकले गर्यो बाढी पीडितलाई ५ लाख आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढी पिडीतहरुलाई सहयोग गर्ने उद्देश्यले ५ लाख रुपैयाँको र्आिर्थक सहायता प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरेको छ ।

यसैको निरन्तरता स्वरूप बाढी पीडितहरुको उद्दार तथा राहतको उदेश्यले सामाजिक उतरदायीत्व अन्तर्गत बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटाले महोतरी जिल्लाको मटीहानीका बाढी पीडितहरुलाई ५ लाख बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री वितरण गर्नु गरे ।

बैंकले ५०० परिबारलाई जनही एक हजार बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री उपलब्ध गराएको छ । वडा कार्यालय र स्थानीय प्रशाशनको समन्वयमा राहत वितरण कार्यक्रम गरिएको थियो । यसअघि पनिबैंकले महाभूकम्पका पीडितहरुलाई र्आिर्थक सहयोग स्वरुप १ करोड सो कोषमा प्रदान गरेको थियो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, खेलकुद, शिक्षा लगायतका क्षेत्रमा सहयोग पु¥याउदै आएको र भविश्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटाले जानकारी दिए ।


पुष्प दुलाल