अर्थतन्त्रलाई नवीन सोच अनुरुप विकास गरिनुपर्छ- प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी दिनमा गर्न लागिएको विभिन्न तहको निर्वाचन सँगसँगै आर्थिक सुकारका कार्यक्रमहरुमार्फत लगानी अभिवृद्धिको वातावरण तयार हुने बताएका छन् ।

प्रधानमन्त्री देउवाले सोमवार राष्ट्रिय विकास समस्या समाधान समितिको ४० औं बैठकलाई सम्बोधन गर्दै निर्वाचनसँगै लगानी अभिवृद्धिका लागि अनुकूल वातावरण सिर्जना गर्ने र विभिन्न विकास आयोजनाहरुको कार्यान्वयन प्रभावकारि गरिने बताएका हुन् ।

आर्थिक परिसूचकहरुमा उत्साहजनक सुधार देखिएको तर व्यापार घाटा बढ्नु चिन्ताको विषय भएको भन्दै उनले राष्ट्रिय योजना आयोगलाई ‘दीर्घकालीन विकासको सोच’ को मस्यौदा गर्न निर्देशन दिए ।

‘दीर्घकालीन विकासको सोच’ ले नेपाली अर्थतन्त्रलाई नवीन सोच अनुरुप विकास गर्ने, व्यापार तथा शोधानान्तर अवस्थालाई सन्तुलित राख्न संभाव्य क्षेत्रहरुको पहिचान गर्नेछ ।

विकास कार्यक्रम तथा आयोजनाहरुको कार्यान्वयन, बजेट खर्च र उपलब्धी सन्तोषजनक नभएको प्रधानमन्त्रीको ठहर थियो । पूँजीगत विकास खर्च नबढ्नु र लक्ष्य गरिएका कतिपय नतिजा हासिल गर्न नसक्ने स्थितिलाई गंभीरतासाथ लिनुपर्ने उनको भनाई थियो ।


क्लिकमान्डु