प्रहरीले एकैपटक समात्यो ८८ किलो सुन



 

काठमाडौं । नेपाल प्रहरीले अहिलेसम्मकै सबैभन्दा बढी ८८ किलो अवैध सुन समातेको छ ।

सोमबार बिहान प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन सहित गाडी चालक प्रक्राउ गरेको छ । प्रहरीले गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरीका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीका अनुसार राती २ बजे सो परिणामको सुन प्रक्राउ गरेको हो ।

पूर्व सूचनाका आधारमा प्रहरीले ३/४ दिन यता निगरानी बढाएको थियो । प्रहरीले केही दिन अगाडि काठमाडौंबाट ३५ किलो सुन समातेको थियो ।


क्लिकमान्डु