४० हवाई सुन्दरीहरु बागमती सफाईमा



काठमाडौं । वागमती सरसफाइको २२५औँ हप्ताको कार्यक्रममा एयर होस्जेज तालिममा रहेका युवतीहरु सहभागि भएका छन् ।

सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी सहभागी भई वाग्मती सफाइमा सहयोग गरेका थिए ।

आज सिनामंगलस्थित वाग्मती पुलसँगै नदीका आसपासका पाँच टन फोहर संकलन गरिएको थियो ।

कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै विभिन्न संघसंस्थाको सहभागिता थियो ।

विमान परिचारिकाहरुलाई सामाजिक कर्तव्य र उत्तरदायित्वका बारेमा जानकारी हासिल होस् भन्ने उद्देश्यले तिनलाई कार्यक्रममा सहभागी गराइएको हो ।


क्लिकमान्डु