राष्ट्रपतिबाट वस्तु विनिमय बजार सम्बन्धी विधेयक प्रमाणिकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वस्तु विनिमय बजार सम्बन्धी विधेयक २०७४ लाई प्रमाणिकरण गरेकी छन् ।
व्यवस्थापिका संसद्ले पारित गरेको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेकी हुन् । राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण भएपछि ९१ दिनपछि विधेयक कार्यान्वयनमा आउने छ ।
विधेयकले धितोपत्र बोर्डलाई वस्तु बजारको नियामकको रुपमा तोकेको छ ।
वस्तु बजारको कारोबार गर्ने कमोडिटीज एक्सचेन्ज ऐन अनुसार बोर्डमा दर्ता भएर संचालनको अनुमति लिनुपर्छ । विधेयकमा कमोडिटिज एक्सचेन्जको चुक्ता पुँजी ५० करोड तोकिएको छ ।
नेपालमा कमोडिटीज संचालनमा आएको १० वर्षपछि नियमनको दायरामा आएको हो ।