एलपी ग्यासको पाइपलाइन बनाउने भारतको प्रस्ताव



नयाँ दिल्ली । भारतले नेपालमा ग्यासको पाइपलाइन बनाउने प्रस्ताव गरेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष भारतले यस्तो प्रस्ताव गरेको हो ।

भारत नेपाल बिजनेश फोरमले देउवाको स्वागतको लागि गरेको कार्यक्रममा भारतका पेट्रोलियम र प्राकृतिक ग्याससम्बन्धी राज्यमन्त्री धर्मेन्द्र देवेन्द्र प्रधानले नेपालले सुरक्षा दिन सक्ने हो भने नेपालको साझेदारीमा भारतले ग्यासको पाइपलाइन बिच्छ्याउने र यसले दुवै देशको हित गर्ने बताए ।

उनले नेपाली नम्बर प्लेटको ग्यास बुलेट भारतमा रोकिएको विषयमा भने केही उल्लेख गरेनन् । अहिले नेपालमा भारतीय नम्बर प्लेटका ग्यास बुलेट मार्फत एलपिजी आयात हुँदै आएको छ ।

भारतले चितवनसम्म ग्यास पाइपलाइन बनाउने प्रस्ताव गरेको छ ।

यसभन्दा अगाडि पेट्रोलियम पदार्थको आयातको लागि अमेलेखगन्ज रक्सौल पाइपलाइन निर्माणको सम्झौता भइसकेको छ । तर,यसको निर्माण भने सुस्त गतिमा अगाडि बढेको छ ।


क्लिकमान्डु