जोनसन एण्ड जोनसनलाई ४२ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश



अमेरिकी अदालतले जोनसन एण्ड जोनसन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर(४२ अर्ब नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

सौन्दर्य सामग्री उत्पादन गर्ने अमेरिकी कम्पनी जोनसन एण्ड जोनसन पाउडर प्रयोग गर्दा क्यालिफोर्नियाकी महिला इभा इर्चेभर्रियालाई डिम्बासयमा क्यान्सर भएको थियो ।

अदालतको फैसलाले जोनसन एण्ड जोनसनको उत्पादनमा क्यान्सर रोग पैदा गर्ने बिकिरण रहेको पुष्टी गरेको छ ।

यस्तो केसमा अहिलेसम्मकै बढी रकम जरिवाना तिर्न अदालतले आदेश दिएको हो ।  कम्पनीले भने माथिल्लो अदालतमा फैसलाको विरुद्ध अपिल गर्ने योजना बनाएको छ ।

जोनसन एण्ड जोनसनका प्रवक्ता क्यारोल गुडरिचले माथिल्लो अदालतमा मुद्दा हाल्ने बताए । ‘हामी विज्ञानलाई मान्छौ,पाउडरको प्रयोगबाट क्यान्सर हुने फैसला अपूर्ण छ,’ उनले भने ।

जोनसन एण्ड जोनसनको प्रयोगबाट क्यान्सर रोक लागेकी इभा इर्चेभर्रिया

न्यूजर्सी स्थित जोनसन एण्ड जोनसनको मुख्यालय बाहिर हजारौ महिलाले पाउडर प्रयोग गरेपछि गर्भासयको क्यान्सर भएको दाबी थरेका थिए ।

गुप्ताङको पसिना सोस्नको लागि महिलाले त्यो पाउडर प्रयोग गरेकी थिइन् । कम्पनी पहिलेपनि चारवटा मुद्दा हरिसकेको छ ।  जसमा ३० करोड डलर जरिवाना तोकिएको थियो ।

मुद्दा हेरेका वकिलका अनुसार इभा इर्चेभर्रियाले ११ वर्षको उमेरदेखि जोनसन एण्ड जोनसनको पाउडर प्रयोग गरेकी थिइन् । उनी अहिले ६३ वर्षकी भइन् । १० वर्ष अगाडि उनको गर्भाशयमा क्यान्सर देखिएको थियो ।

उनले कम्पनीलाई क्यान्सरको खतराको बारेमा जानकारी भएपनि सूचना लुकाएको बताएकी छन् । लामो समयदेखि यो चिन्ताको विषय बनेको छ टेल्कम पाउडर लगाउँदा गर्भाशयमा क्यान्सर हुने खतरा हुन्छ । ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु