कांग्रेसमा चारजना केन्द्रीय सदस्य थपिए(सूचिसहित)



काठमाडौं । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ दिल्ली भ्रमणमा जानु अगाडि चारजनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

मनोनित हुनेमा पाल्पाका हरिप्रसाद नेपाल,बाराका राधेचन्द्र यादव,काठमाडौंका ध्यानगोविन्द रन्जित र मोरङका अमृत अर्याल  छन् ।

देउवाले कार्यवाहक सभापतिको जिम्मा विमलेन्द्र निधीलाई दिएका छन् ।

उपसभापति,महामन्त्री र सहमहामन्त्री नियुक्त नगरेपनि निधीलाई कार्यवाहक दिएको हुँदा देउवाले निधीलाई उपसभापति बनाउने देखिएको छ ।

देउवाले पार्टी अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल र सदस्यहरुमा हृदयराम थानी, सुरेन्द्र पाण्डे, कमला पन्त र उमकान्त चौधरीलाई नियुक्त गरेका छन् ।


क्लिकमान्डु