सुमन पराजुलीको अध्यक्षतामा यूनिट्राभको नेतृत्व सर्वसम्मत चयन



काठमाडौ । पर्यटन क्षेत्रको कार्यरत मजदुरहरुको संगठन नेपाल ट्रेकिङ–ट्राभल्स– र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ)को १२ औं राष्ट्रिय अधिबेशनले सुमनप्रसाद पराजुलीको अध्यक्षतामा २४ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा मिलनकुमार तामाङ, अम्मर बहादुर तामाङ र टिकादेवी गर्वुजा पुन निर्बिरोध चयन भएका छन् ।

यस्तै महासचिवमा रामबहादुर श्रेष्ठ, उपमहासचिवमा तुलसीप्रसाद सुवेदी, सचिवहरुमा फुडोमा शेर्पा र खिलानाथ दाहाल चयन भएका छन् ।

सदस्यहरुमा लाक्पा शेर्पा, मिङमा ग्याल्वो शेर्पा, विकास लामा, पदमबहादुर श्रेष्ठ, कालुमान मगर, निर्मा राई, मनबहादुर तामाङ, बाशुदेव भण्डारी, दमे शेर्पा, प्रशान्त ढुंगाना, उमेश अधिकारी, दिनेशकुमार कार्की, गायत्री सापकोटा, हिमाल कुमार उप्रेती र उमा भट्टराई चयन भएका छन् ।

अधिबेशनले प्रतिनिधि परिषद प्रमुखमा श्यामकुमार राई, उपप्रमुखमा त्रिलोचन अधिकारीका साथै छिरिङ शेर्पाको अध्यक्षतामा ९ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरेको छ ।

नवनिर्वाचित भए लगत्तै अध्यक्ष पराजुलीले बिद्यमान पर्यटन तथा हवाई क्षेत्रमा देखा परेका श्रमिकको समस्याहरु व्यवस्थापन र मजदुर दुवैपक्ष मिलेर वार्ताको टेबुलबाट समाधान गर्न तत्पर रहनुपर्ने आवश्यकता औंल्याए । यदि वार्ताका माध्यमबाट समस्या समाधान नभए जुनसुकै बिद्रोह हुनसक्ने बताए ।

अधिवेशनले आरोहीहरुका लागि बीमामा ३० प्रतिशत बृद्धि र छुट्टै ऐन बनाउनुपर्ने, टिम्सबाट प्राप्त रकमलाई कल्याणकारी कोषमा रुपान्तरण गर्नुपर्ने लगायतको पर्यटन क्षेत्र सुधारका लागि ८ बुँदे विशेष प्रस्ताव पनि पारित गरेको छ ।


क्लिकमान्डु