डुबानमा परेको एक सातापछि विराटनगर विमानस्थल आज देखि खुल्यो 



काठमाडौं ।  डुबानमा परेपछि एक साता देखि बन्द भएको विराटनगर विमानस्थल आज आइतबार देखि आंशिक रुपमा सञ्चालन आउने भएको छ ।

बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि विमानस्थल बन्द भएको थियो । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

बुद्ध एयरले आईतबार  उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमले सोमबार देखि उडान भर्ने भएको छ । आइतबारनै यती र सौर्य एयरलायन्सले पनि उडान गर्ने भएका छन् ।

विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने प्राधिकरणले जनाएको छ । रातमा समेत उडान भर्न नमिल्ने विराटनगर विमानस्थलमा दैनिक ३० वटा भन्दा बढी उडान हुने गरेको थियो ।


क्लिकमान्डु