विद्युत् बिक्री बढेपछि सानिमा माइ हाइड्रोको नाफामा छलाङ



काठमाडौं । विद्युत् बिक्रीको आम्दानी बढेपछि सानिमा माइ हाइड्रो पावरको नाफा बढेको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७३/ ७४ को वित्तीय विवरण अनुसार सानिमा माइ हाइड्रोले २८ करोड ३६ लाख नाफा गरेको छ । अघिल्लो वर्ष सानिमा माइ २ करोड ९६ लाखले घाटामा संचालनमा भएको थियो । यसमा ९० लाख रुपैयाँ अघिल्लो वर्षबाट आएको रकम थप्दा सानिमालाई लाभांश बाढ्नको २९ करोड २६ लाख रुपैयाँबाट मिल्छ ।

गैर आवासीय नेपाली(एनआरएन)ले प्रवद्र्धन गरेको सानिमा माईले विद्युत् बिक्रीबाट ७९ करोड ७८ लाख कमाएको छ । प्रसारण लाइनको समस्या समाधान भएपछि सानिमाको विद्युत् बिक्री आम्दानी बढेको हो । अघिल्लो वर्ष सानिमाले विद्युत् बिक्रीबाट ४० करोड कमाएको थियो ।

१ अर्ब चुक्ता पुँजी भएको सानिमा माइ हाइड्रोले २२ मेगावाटको सानिमा माइ हाइड्रो निर्माण गरेको छ । अर्को ७ मेगावाटको आयोजनापनि कम्पनीले बनाएको छ ।
सानिमाको इपिएस २६ रुपैयाँ २९ पैसा रहेको छ ।

यस्तै ७ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा अपिको नाफा घटेको छ । अघिल्लो वर्ष अपी हाइड्रोले ८ करोड नाफा गरेको थियो ।

१ अर्ब चुक्ता पुँजी रहेको अपीको प्रति सेयर आम्दानी ७ रुपैयाँ रहेको छ । अपीले विद्युत् बिक्रीबाट १३ करोड कमाएको छ । अघिल्लो वर्ष विद्युत् बिक्रीबाट १० करोड कमाएको थियो ।

 


क्लिकमान्डु