सोल्टी होटलको खुदनाफा १८ करोड २९ लाख




काठमाडौं । सोल्टी होटलले आफ्नो नाफामा दोव्वरभन्दा बढीले वृद्धि गरेको छ । होटलले आर्थिक बर्ष २०७३।०७४मा १८ करोड २९ लाख रुपैयाँ खुदनाफा कमाएको छ । उसले अघिल्लो आर्थिक बर्षमा ८ करोड ८ लाख रुपैयाँमात्र नाफा कमाएको थियो ।

होटलले आर्थिक बर्ष २०७२।०७३ को तुलनामा सरकारलाई तिर्ने कर समेत १५० प्रतिशतले बढी तिर्ने भएको छ । होटलले समग्रमा अघिल्लो आर्थिक बर्षको तुलनमा ३७ प्रतिशतले आफ्नो आम्दानी वृद्धि गरेको देखिएको छ ।


क्लिकमान्डु