स्थानीय अवरोधपछि प्रधानमन्त्री देउवा आज मेलम्ची जाँदै



काठमाडौं । स्थानीय ठेकदार तथा मजदूले मेलम्ची खानेपानी आयोजना स्थालमा काम ठप्प पारेपछि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको स्थलगत निरीक्षण जाने भएका छन् ।

प्रधानमन्त्री देउवासहितको टोली केहीबेरमा हेलिकोप्टरबाट मेलम्ची जाने कार्यक्रम तय भएको प्राधानमन्त्री कार्यलयले जानकारी दिएको छ । प्राधानमन्त्री देउवाले स्थानीयको अवरोधको विषयमा समेत चासो राखेका छन् । भने इन्टेक ड्याम र टनेलको समेत अवलोकन कार्यक्रम रहेको छ ।

मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा काठमाडौं ल्याउने लक्ष्य राखिएको थियो । तर, अब यो सम्भावना टरेको छ भने आयोजनाले आगामी पुससम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयासमा लागेको जनाउँदै आएका छन् ।

स्थानीय कामदार तथा ठेकदारहरुले अवरोध गर्दै तालाबन्दी गरेसंगै साउन २० देखि काम ठप्प भएको छ ।

गत साउन २० गतेसम्म २५.३५ किलोमिटर सुरुङ निर्माण भएको र २.२३४ कि.मी मात्रै बाँकी रहेको अवस्थामा अवरोध हुदाँ समस्या आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सुन्दरीजलमा हाल ८.५ करोड लिटर पानी अट्ने क्षमताको ट्यांकी निर्माणकार्य सम्पन्न भइसकेको र अर्को प्रशोधन केन्द्रको पनि निर्माण कार्य जारी रहेको समितिले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको इटालियन कम्पनी निर्माण कम्पनी सीएमसीसंग सन् २०१८ मार्च २६ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।


क्लिकमान्डु