पहिरोले मुग्लिङ-नारायणगढ सडकखण्डमा यात्रु बस बगायो, जीप पुरियो



फाइल तस्वीर

काठमाडौं । बुधबार साँझ मुग्लिङ-नारायणगढ सडकखण्डमा पर्ने तीनकिलोमा सडकमाथिबाट आएको ठूलो पहिरोले एक यात्रुबाहक बस बगाएको छ भने एक जीप पुरिएको छ । तर घटनामा मानवीय क्षति भने हुन पाएन ।

चितवन प्रहरीका एसपी दीपक थापाले क्लिकमाण्डुलाई दिएको जानकारी अनुसार काठमाडौंबाट इलामका लागि हिँडेको ना ६ ख ७१२१ नम्बरको यात्रुबाहक बस र बा १५ च नम्बरको नीजि स्कर्पियो जीप पहिरोमा पुरिएका हुन् ।

‘गुडिरहेको बसमा माथिबाट एक्कासी ढुंगा खस्न थालेपछी यात्रुहरू तुरुन्तै झरेर सुरक्षित स्थानको खोजीमा लागे । लगत्तै आएको पहिरोले यात्रुका सरसामान समेतको बस बगाएर त्रिशुलीमा घकेलेको हो । ‘ एसपी थापाले भने । बगाएको बस भेटिन सकेको छैन । स्करपियोको पनि अगाडिको भागमा पहिरोले पुरिँदै आएपछी पछाडिबाट भागेर सबै यात्रु बाँच्न सफल भएका थिए ।


क्लिकमान्डु