बढे नेपाल घुम्ने पर्यटक, ६ महिनामा ४ लाख ६० हजार आए, ९० प्रतिशत होटल बुकिङ



काठमाडौं । सन् २०१७ को ६ महिनामा ४ लाख ६० हजार २ सय ३७ विदेशी पर्यटक हवाई मार्ग हुदैं नेपाल भित्रिएका छन् । गत वर्ष सोही अवधीमा ३ लाख १३ हजार ५ सय १२ पर्यटन नेपाल आएका थिए ।

गत वर्ष भन्दा १ लाख ४६ हजा ७ सय २५ पर्यटक बढी रहेको अध्यगमन विभागको तथ्यांकले देखाएको छ । गत वर्ष ४६.८ प्रतिशतले बढी हो । जसमा सवैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् ।

भारतबाट ८९ हजार १ सय ९६ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तैगरी चीनबाट ५२ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । तेस्रो धेरै पर्यटक आउने मुलुकमा अमेरिका रहेका छ । अमेरिकाबाट ४० हजार १ सय ६१ पर्यटक ६ महिनामा नेपाल भित्रिएका छन् ।

सन् २०१५ मा ६ महिनामा २ लाख ७७ हजार ९ सय ९२ पर्यटक नेपाल भित्रिएका थिए । भने सन् २०१४ मा भने ४ लाख १२ हजार ४ सय ६१ पर्यटक नेपाल भित्रिएका थिए । भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा पर्यटक आगमनमा उच्च गिरावट आएको थियो ।

आगामी सिजनको लागि ९० प्रतिशत होटल बुकिङ 

पर्यटनको मुख्य सिजन नजिकिदैं जाँदा होटल, ट्राभल, ट्रेकिङ तथा एक्सिपिडिसन सवै तर्फको बुकिङ उत्साहजनक रहेको छ । आगमी सिजनको लागि ९० प्रतिशत होटलका रुमहरु बुक भइसकेका छन् ।  हालसम्म नेपालमा सन् २०१२ मा सवैभन्दा धेरै ८ लाख २ हजार पर्यटक आएकोमा सन् २०१७ को अन्त्यमा उछिन्ने दावी होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले गरेका छन् ।

“यसवर्ष कुनै उतार चढाव नभए ९ लाख हाराहारी पर्यटक नेपाल आउने छन्,” शाहले भने । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१९ सम्ममा १० वटा ठुला पाँच तारे होटल थपिने निश्चित भएको समेत शाहले बताए । अवको केही वर्षपछि नेपालमा पाँच तारे होटलको संख्या २९ पुग्ने पक्का छ । निर्माणको चरणमा रहेका तीनतारे र चारतारे होटलको संख्या पनि दुई दर्जनभन्दा बढी छ ।

नेपालमा तारे होटलका ५ लाख २३ हजार ४ सय ५३ वटा रुम रहेका छन ।  निर्माणाधीन पाँच र चारतारे होटलहरुको निर्माणपश्चात सन् २०२० सम्ममा कम्तीमा ३ हजार २ सय ६२ कोठाहरु थपिने भएकोले पर्यटक नबढे समस्या हुने महासचिव शाह बताउँछन् ।

वर्ष संख्या

सन् २०१४ ,१२,४६१
सन् २०१५ ,७७,९९२
सन् २०१६ ,१३,५१२
सन् २०१७ ,६०,२३७

 


क्लिकमान्डु