यी हुन् बैंकले शाखा खोल्न नमानेका २२५ स्थानीय तह (सूचिसहित)



काठमाडौं । स्थानीय तहको गठन भएपछि गाउँमै सबै प्रकारका सुविधा पाइन्छ भन्ने आम सर्वसाधारणको विश्वास थियो ।

बहालवाला प्रधानमन्त्री, मन्त्री, उच्चपदस्त सरकारी कर्मचारीहरुले नै सिंहदरबारको अधिकार र सेवा गाउँगाउँसम्म पुर्याएको सार्वजानिक अभिव्यक्ति दिँदै हिँडेपछि विश्वास नगर्ने कुरो पनि भएन ।

तर, दुर्भाग्य नै मान्नुपर्छ । सिंहदरबारको अधिकार र सेवा त के ७४४ स्थानीय तहमध्ये  २२५ स्थानीय तहमा आवश्यक पर्ने पूर्वाधार र सुरक्षाको व्यवस्था नभएको भन्दै वाणिज्य बैंकहरुले शाखा खोल्नसमेत मानेनन् ।

प्रदेश नं. १ का ३६, प्रदेश नं. २ का ५३ स्थानीय तहमा, प्रदेश नं. ३ का ३५, प्रदेश नं. ४ का १२, प्रदेश नं. ५ का ३६, प्रदेश नं. ६ का २७ र प्रदेश नं. ७ का २५ स्थानीय तहमा वाणिज्य बैंकहरुले यही पूर्वाधारमा शाखा खोल्न नमानेका हुन् ।

सरकारले गत जेठ १५ गते ल्याएको चालू आर्थिक वर्षको बजेटमा एक वर्षभित्र सबै स्थानीय तहहरुमा सरकारी कारोबार गर्न वाणिज्य बैंकको शाखा स्थापना गर्ने घोषणा गरेको थियो ।

सरकारले बजेटमा सबै स्थानीय तहमा बैंक पुर्याउने भनेपछि राष्ट्र बैंकले नेपाल बैंकर्स संघलाई बैंक नपुगेका स्थानीय तहमा कुन कुन बैंक कसरी जाने हो छलफल गरेर लिस्ट बुझाउनुहोस् भनेको थियो ।

यो पनि पढ्नुहोस्- तपाईंको गाउँमा कुन बैंक आउँदैछ ? हेर्नुहोस्, २४४ तहकै सूची

बैंकहरुले छलफल गरेर यो बैंक यो स्थानीय तहमा जान्छ भनेर २४४ स्थानीय तहको सूचि राष्ट्र बैंकलाई बुझाए । त्यसअघि नै करिब ३ सय स्थानीय तहमा बैंकहरु तत्कालै शाखा खोल्ने तयारीमा रहेका थिए । बाँकी रहेका २२५ स्थानीय तहमा कुनैपनि वाणिज्य बैंकले शाखा खोल्ने प्रस्ताब गरेनन् ।

तर, राष्ट्र बैंकले फेरि वाणिज्य बैंकहरुलाई बाँकी हरेका स्थानीय तहमा जाने बारे पनि छलफल गरेर लिस्ट बुझाउनुहोस् भनिसकेको छ । अहिलेसम्म उनीहरुले राष्ट्र बैंकलाई लिस्ट बुझाएका छैनन् ।

सरकारले स्थानीय तहको कारोबार वाणिज्य बैंकमा मात्रै हुने बजेटमा उल्लेख गरेको थियो । त्यतिबेलैदेखि विकास बैंकका सञ्चालक र सीइओहरु स्थानीय तहमा विकास बैंकसँग पनि कारोबार गर्दा हुने व्यवस्था मिलाइदिन भन्दै अर्थ मन्त्रालय, महालेखा परिक्षकको कार्यालय, राष्ट्र बैंकलगायतका सरोकारवला निकायमा धाइरहे ।

वाणिज्य बैंकहरु जान नमानेपछि अहिले अर्थ मन्त्रालय, महालेखा परिक्षकको कार्यालय र राष्ट्र बैंक सबै विकास बैंकलाई पनि स्थानीय तहको कारोबार गर्न मिल्ने व्यवस्था मिलाउन सहमत भएका छन् । यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन ।

‘अब छिट्टै नै विकास बैंकहरुले पनि स्थानीय तहको कारोबार गर्न पाउने व्यवस्था मिलाउँदैछौं,’ अर्थ मन्त्रालयका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकले डेभलप्मेन्ट बैंकर्स एसोशिएसनलाई वाणिज्य बैंक जान नमानेका ठाउँमा जानका लागि तपाईहरु आपसमा छलफल गरेर हामीलाई लिस्ट पठाउनुहोस् भनिसकेको छ ।

आगामी केहीदिन भित्रै विकास बैैंकका प्रमुख कार्यकारी अधिकृतहरु यस विषयमा छलफल गर्न बैठक बस्दैछन् । बैठकले कुन विकास बैंक कुन स्थानीय तहमा जान तयार छन् भन्ने प्रस्ताबसहितको सूचि राष्ट्र बैंकलाई पठाउनेछ ।

State District Local Body
1 Bhojpur आमचोक गाउँपालिका
1 Bhojpur ट्याम्केमैयुम गाउँपालिका
1 Bhojpur रामप्रसादराई गाउँपालिका
1 Dhankuta खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका
1 Dhankuta चौबिसे गाउँपालिका
1 Ilam फाकफोकथुम गाउँपालिका
1 Ilam माङसेबुङ गाउँपालिका
1 Ilam रोङ गाउँपालिका
1 Jhapa अर्जुनधारा नगरपालिका
1 Jhapa झापा गाउँपालिका
1 Jhapa बाह्रदशी गाउँपालिका
1 Khotang ऐसेलुखर्क गाउँपालिका
1 Khotang केपिलासगढी गाउँपालिका
1 Khotang दिप्रुङ गाउँपालिका
1 Khotang बराहपोखरी गाउँपालिका
1 Khotang हलेसीतुवाचुङ नगरपालिका
1 Morang जहदा गाउँपालिका
1 Morang सुनवर्षी नगरपालिका
1 Okhaldhunga खिजीदेम्वा गाउँपालिका
1 Okhaldhunga चिशंखुगढी गाउँपालिका
1 Okhaldhunga सुनकोशी गाउँपालिका
1 Panchthar तुम्वेवा गाउँपालिका
1 Panchthar फालेलुङ गाउँपालिका
1 Shankhuwasabha चिचिला गाउँपालिका
1 Shankhuwasabha भोटखोला गाउँपालिका
1 Shankhuwasabha सिलीचोङ गाउँपालिका
1 Solukhumbu माहाकुलुङ गाउँपालिका
1 Solukhumbu लिखु पिके गाउँपालिका
1 Taplejung मिक्वाखोला गाँउपालिका
1 Taplejung याङवरक गाँउपालिका
1 Taplejung सिदिङ्वा गाँउपालिका
1 Terhathum मेन्छयायेम गाउँपालिका
1 Udayapur उदयपुरगढी गाउँपालिका
1 Udayapur ताप्ली गाउँपालिका
1 Udayapur रौतामाई गाउँपालिका
1 Udayapur सुनकोशी गाउँपालिका
2 Bara आदर्श कोटवाल गाउँपालिका
2 Bara करैयामाई गाउँपालिका
2 Bara देवताल गाउँपालिका
2 Bara पचरौता गाउँपालिका
2 Bara फेटा गाउँपालिका
2 Bara बारागढीगाउँपालिका
2 Bara सुवर्ण गाउँपालिका
2 Dhanusha कमला सिद्धीदात्री गाउँपालिका
2 Dhanusha मिथिला बिहारी गाउँपालिका
2 Dhanusha लक्ष्मीनिया गाउँपालिका
2 Dhanusha विदेह नगरपालिका
2 Dhanusha हंसपुर गाउँपालिका
2 Mahottari महोत्तरी गाउँपालिका
2 Mahottari रामगोपालपुर गाउँपालिका
2 Mahottari साम्सी गाउँपालिका
2 Mahottari सोनमा गाउँपालिका
2 Parsa छिपहरमाई गाउँपालिका
2 Parsa जगरनाथपुर गाउँपालिका
2 Parsa धोबीनी गाउँपालिका
2 Parsa पकाहा मैनपुर गाउँपालिका
2 Parsa पटेर्वा सुगौली गाउँपालिका
2 Parsa पर्सागढी गाउँपालिका
2 Parsa बहुदरमाई गाउँपालिका
2 Parsa बेलवा गाउँपालिका
2 Rautahat गुजरा गाउँपालिका
2 Rautahat देवाही गोनाही गाउँपालिका
2 Rautahat परोहा गाउँपालिका
2 Rautahat फतुवाबिजयपुर गाउँपालिका
2 Rautahat बृन्दावन गाउँपालिका
2 Rautahat बौधीमाईगाउँपालिका
2 Rautahat माधव नारायण गाउँपालिका
2 Rautahat राजपुर गाउँपालिका
2 Saptari कृष्णासवरन गाउँपालिका
2 Saptari डाक्नेश्वरी नगरपालिका
2 Saptari तिरहुत गाउँपालिका
2 Saptari तिलाठी कोईलाडी गाउँपालिका
2 Saptari बिष्णुपुर गाउँपालिका
2 Saptari बेल्ही चपेना गाउँपालिका
2 Saptari महादेवा गाउँपालिका
2 Sarlahi कविलासी गाउँपालिका
2 Sarlahi चक्रघट्टा गाउँपालिका
2 Sarlahi चन्द्रनगर गाउँपालिका
2 Sarlahi धनकौल गाउँपालिका
2 Sarlahi बागमती नगरपालिका
2 Sarlahi ब्रह्मपुरी गाउँपालिका
2 Sarlahi विष्णु गाउँपालिका
2 Sarlahi हरिपुर्वा नगरपालिका
2 Siraha अर्नमा गाउँपालिका
2 Siraha औरही गाउँपालिका
2 Siraha कल्याणपुर नगरपालिका
2 Siraha नरहा गाउँपालिका
2 Siraha नवराजपुर गाउँपालिका
2 Siraha लक्ष्मीपुर पतारी गाउँपालिका
2 Siraha सखुवानान्कारकट्टी गाउँपालिका
3 Chitawan इच्छाकामना गाउँपालिका
3 Chitawan कालिका नगरपालिका
3 Dhading गङ्गाजमुना गाँउपालिका
3 Dhading ज्वालामूखी गाउँपालिका
3 Dhading थाक्रे गाउँपालिका
3 Dhading रुवी भ्याली गाउँपालिका
3 Dhading त्रिपुरासुन्दरी गाउँपालिका
3 Dolakha वैतेश्वर गाउँपालिका
3 Dolakha शैलुङ गाउँपालिका
3 Kavre खानीखोला गाँउपालिका
3 Kavre चौंरीदेउराली गाउँपालिका
3 Kavre तेमाल गाँउपालिका
3 Kavre भुम्लु गाउँपालिका
3 Kavre महाभारत गाउँपालिका
3 Lalitpur कोन्ज्योसोम गाउँपालिका
3 Makawanpur कैलाश गाउँपालिका
3 Makawanpur मकवानपुरगढी गाँउपालिका
3 Makawanpur राक्सिराङ्ग गाउँपालिका
3 Makawanpur वाग्मती गाउँपालिका
3 Makawanpur मनहरी गाउँपालिका
3 Nuwakot किस्पाङ गाउँपालिका
3 Nuwakot तारकेश्वर गाउँपालिका
3 Nuwakot बेलकोटगढी नगरपालिका
3 Nuwakot मेघाङ गाउँपालिका
3 Nuwakot शिवपुरी गाउँपालिका
3 Ramechhap सुनापती गाउँपालिका
3 Rasuwa कालिका गाउँपालिका
3 Sindhuli गोलेन्जोर गाउँपालिका
3 Sindhuli ध्याङलेख गाउँपालिका
3 Sindhuli फिक्कल गाउँपालिका
3 Sindhuli हरिहरपुरगढी गाउँपालिका
3 Sindhupalchok जुगल गाउँपालिका
3 Sindhupalchok पाँचपोखरी थाङपालगाउँपालिका
3 Sindhupalchok र्इन्द्रावती गाउँपालिका
3 Sindhupalchok लिसंखु पाखरगाउँपालिका
4 Baglung काठेखोला गाउँपालिका
4 Gorkha धार्चे गाउँपालिका
4 Gorkha भिमसेन गाउँपालिका
4 Kaski मादी गाउँपालिका
4 Myagdi अन्नपूर्ण गाउँपालिका
4 Myagdi मंगला गाउँपालिका
4 Parbat फलेवास नगरपालिका
4 Syangja अर्जुनचौपारी गाउँपालिका
4 Syangja आँधिखोला गाउँपालिका
4 Syangja फेदीखोला गाउँपालिका
4 Syangja भीरकोट नगरपालिका
4 Tanahu देवघाट गाउँपालिका
5 Arghakhachi मालारानी गाउँपालिका
5 Banke जानकी गाउँपालिका
5 Banke बैजनाथ गाउँपालिका
5 Dang बबई गाउँपालिका
5 Gulmi छत्रकोट गाउँपालिका
5 Gulmi मालिका गाउँपालिका
5 Gulmi सत्यवती गाउँपालिका
5 Kapilbastu महाराजगंज नगरपालिका
5 Kapilbastu मायादेवी गाउँपालिका
5 Kapilbastu शुद्धोधन गाउँपालिका
5 Nawalparasi बुङ्दीकाली गाउँपालिका
5 Nawalparasi मध्यविन्दु नगरपालिका
5 Nawalparasi विनयी गाउँपालिका
5 Nawalparasi सरावल गाउँपालिका
5 Nawalparasi हुप्सेकोट गाउँपालिका
5 Palpa पुर्वखोला गाउँपालिका
5 Pyuthan ऐरावती गाउँपालिका
5 Pyuthan झिमरुक गाउँपालिका
5 Pyuthan नौबहिनी गाउँपालिका
5 Pyuthan माण्डवी गाउँपालिका
5 Pyuthan सरुमारानी गाउँपालिका
5 Rolpa दुईखोली गाउँपालिका
5 Rolpa लुङग्री गाउँपालिका
5 Rolpa सुकिदह गाउँपालिका
5 Rolpa सुनछहरी गाउँपालिका
5 Rukum पुथा उत्तरगंगा गाउँपालिका
5 Rukum बाँफिकोट गाउँपालिका
5 Rukum त्रिवेणी गाउँपालिका
5 Rukum भूमे गाउँपालिका
5 Rupandehi गैडहवा गाउँपालिका
5 Rupandehi मायादेवी गाउँपालिका
5 Salyan कालिमाटीगाउँपालिका
5 Salyan कुमाखमालिकागाउँपालिका
5 Salyan ढोरचौर गाउँपालिका
5 Salyan दार्मागाउँपालिका
5 Salyan बनगाड कुपिण्डे नगरपालिका
6 Dailekh ठाँटीकाँध गाउँपालिका
6 Dailekh भैरवी गाउँपालिका
6 Dailekh महाबु गाउँपालिका
6 Dolpa काईके गाउँपालिका
6 Dolpa छार्का ताङसोङगाउँपालिका
6 Dolpa डोल्पो बुद्ध गाउँपालिका
6 Dolpa त्रिपुरासुन्दरीनगरपालिका
6 Dolpa मुड्केचुलागाउँपालिका
6 Humla अदानचुलीगाउँपालिका
6 Humla चंखेली गाउँपालिका
6 Humla ताँजाकोट गाउँपालिका
6 Humla नाम्खा गाउँपालिका
6 Jajarkot कुसे गाउँपालिका
6 Jajarkot जुनीचाँदे गाउँपालिका
6 Jajarkot बारेकोट गाउँपालिका
6 Jajarkot शिवालय गाउँपालिका
6 Jumla पातारासी गाउँपालिका
6 Jumla हिमा गाउँपालिका
6 Kalikot कालिका गाउँपालिका
6 Kalikot नरहरिनाथ गाउँपालिका
6 Kalikot पचालझरना गाउँपालिका
6 Kalikot पलाता गाउँपालिका
6 Kalikot महावै गाउँपालिका
6 Kalikot सान्नी त्रिवेणी गाउँपालिका
6 Mugu मुगुमकार्मारोंग गाउँपालिका
6 Mugu सोरु गाउँपालिका
6 Surkhet चिङ्गाड गाउँपालिका
7 Achham चौरपाटी गाउँपालिका
7 Achham ढकारी गाउँपालिका
7 Achham तुर्माखाँद गाउँपालिका
7 Achham मेल्लेख गाउँपालिका
7 Baitadi दोगडाकेदार गाउँपालिका
7 Baitadi पन्चेश्वर गाउँपालिका
7 Bajhang काँडा गाँउपालिका
7 Bajhang छबिसपाथिभेरा गाँउपालिका
7 Bajhang थलारागाँउपालिका
7 Bajhang दुर्गाथलीगाँउपालिका
7 Bajhang सूर्मा गाउँपालिका
7 Bajura  गौमुल गाउँपालिका
7 Bajura छेडेदह गाउँपालिका
7 Bajura पाण्डव गुफा गाउँपालिका
7 Bajura स्वामीकार्तिक गाउँपालिका
7 Bajura हिमाली गाउँपालिका
7 Dadeldhura अजयमेरु गाउँपालिका
7 Darchula अपिहिमाल गाउँपालिका
7 Doti पूर्वीचौकी गाउँपालिका
7 Doti बडीकेदार गाउँपालिका
7 Doti सायल गाउँपालिका
7 Kailali गौरीगंगा नगरपालिका
7 Kailali जानकी गाउँपालिका
7 Kailali जोशीपुर गाउँपालिका
7 Kanchanpur बेलडाँडी गाउँपालिका


पुष्प दुलाल