भरतपुर महानगरपालिकामा पुनः मतदान गराउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थगित भएको निर्वाचन पुन गराउन आदेश दिएको छ । आज न्यायाधीश ओमप्रका मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले वडा नम्बर १९ मा पुन मतदान गराउने आदेश दिएको हो ।

गत जेठ १५ गते भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भईरहेको बेला मध्यरातमा मतपत्र च्यातेपछि गणना कार्य रोकिएको थियो ।

भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार देवि ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालबीच मेयर पदमा प्रतिस्पर्धा भईरहेको बेला मतगणनास्थलमै ९१ वटा मतपत्र च्यातिएको थियो ।

मतपत्र च्यातिएपछि उत्पन्न विवादकाबिच निर्वाचन आयोगले पुन मतदान गराउने निर्णण् गरेपनि त्यसका विरुद्धमा सर्वोच्च अदातलमा मुद्धा परेको थियो ।

आयोगको निर्णयका विरुद्धमा वडा नम्बर १९ का एमालेका तर्फबाट उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा रिट दायर गरेको थिए ।


क्लिकमान्डु