काठमाडौं । व्यवस्थापिका संसद्ले वस्तु बजार नियमन गर्ने विधेयक पारित गरेको छ ।
संसद्को आइतबार बसेको बैठकले विधेयक पारित गरेपछि कमोडिटिज बजार नियमनको दायरामा आएको हो ।
विधेयक अनुसार कमोडिटिज एक्सचेन्ज दर्ता गर्नको लागि धितोपत्र बोर्डको अनुमति लिनुपर्छ । यसको न्यूनतम चुक्ता पुँजी ५० करोड तोकिएको छ ।
नेपालमा १० वर्षभन्दा अगाडि देखि कमोडिटिज बजार संचालनमा हुँदै आएको थियो ।
धितोपत्र बोर्डले कमोडिटिज बजारको नियमन गर्ने जिम्मा पाएको छ ।
प्रतिक्रिया