विवेकशीलबाट बाढीपीडितलाई राहत



राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित साबिकको पोर्ताहा–७ महुली खोलाबाट प्रभावित एवम् पीडित भएकालाई बिहीबार यहाँ राहत वितरण गरिएको छ ।

महुली खोलामा आएको बाढीले बाँध भत्केपछि बाढीबाट पीडित भएका ८० घरपरिवारलाई विवेकशील साझा पार्टीले राहत वितरण गरेको स्थानीय राजेन्द्र मिश्रले बताए ।

सो पार्टीले प्रतिपीडित परिवारलाई एउटा बाल्टी, तीन प्याकेट चाऊचाऊ, चार केजी चिउरा, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको मिश्रले जानकारी दिए।

पार्टीका तर्फबाट माधव कुमार, उमानन्द रजकलगायत स्थानीयवासी र इलाका प्रहरी कार्यालय भारदहका सई भवानी ठाकुरको उपस्थितिमा सो राहत वितरण गरिएको थियो ।

 


क्लिकमान्डु