प्रधानमन्त्रीको निर्देशनपछि ६५ प्रतिशत खाल्डा पुरिए (सूचीसहित)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाल्डा पुर्न दिएको निर्देशनको अवधी पुरा हुन अब ४ दिन बाँकी छ ।

काठमाडौंमा खाल्डा बढी भएपछि सामाखुसीमा बालिकालाई बगाएको थियो । त्यसपछि प्रधानमन्त्री देउवाले विकास निर्माणसँग सरोकार राख्ने निकायलाई बोलाएर १५ दिनभित्र खाल्डा पुर्न निर्देशन दिएको थियो ।
प्रधानमन्त्री निर्देशन दिएको अवधी पुरा हुन ४ दिन बाँकी रहदा लक्ष्य अनुसाार काम भएको जानकारी प्रधानमन्त्री कार्यालयले ६५ प्रतिशत काम भएको जानकारी दिएको छ ।

काठमाडौंमा बालिका बगाएको स्थानमा माटो र झारपात सफा गरेर सोल्नझर मर्मतको सुधार गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले ६५ प्रतिशत काम भएको जनाएपनि जनताले भने त्यसको अनुभुति भने गरेका छैनन् ।


क्लिकमान्डु