ट्रान्समिटर जलेपछि विद्युत् आपूर्ति ठप्प



गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका–७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत् परियोजनाको ट्रान्समिटर जलेपछि विद्यत् सेवा अवरुद्ध बनेको छ ।

नगरपालिकाको वडा नं १ अन्तर्गत पौदीअमराइमा रहेको ट्रान्समिटर जलेपछि वडा नं १ का झण्डै २५० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएकाछन् ।

ट्रान्समिटर मर्मत सम्भार गर्न लगिएको हुँदा ट्रान्समिटर बनेर आउन अझै एक हप्ता जति समय लाग्ने जलविद्युत् परियोजना  सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए ।

यस्तै, जलविद्युत् सुचारु नभएपछि पौदीअमराई क्षेत्रभित्र रहेका कलकारखाना, उद्योग धन्दा, मोवाइल फोन, कुटानी पिसानी, बिजुली बत्ती सञ्चारमाध्यमलगायत विद्युतीय यन्त्रसमेत ठप्प भएका छन् ।


क्लिकमान्डु