भक्तपुरमा आज ५ घण्टा लोडसेडिङ हुने (एरिया सहित)




काठमाडौं । भक्तपुरको नेकोसेरा देखि राधेराधेसम्मको एरियामा आज दिउँसो १२ बजेदेखि ५ बजेसम्म बिद्युत् सेवा कटौति हुने भएको छ ।

बिद्युत् प्रशारण लाईनलाई सडकको एकातर्फ बनाउँन सुरु गरेकाले आज बिद्युत् कटौति गर्नु परेको नेपाल बिद्युत् प्राधिकरण ठिमी वितरण केन्द्रले जनाएको छ ।

आज नेकोसेरा, कौशलटार, लुकुन्थली, ठिमी, गठ्ठाघर, बालको, राधेराधेलगायतका क्षेत्रमा बिद्युत् सेवा कटौति हुने छ ।


क्लिकमान्डु