सानिमा माई हाइड्रोपावरको सेयर साउन २७ गतेबाट




काठमाडौं । सानिमा माई आइड्रोपावर कम्पनीले आफ्ना सेयरधनीलाई १ बराबर १ कित्ताको दरले हकप्रद सेयर बिक्री यहि साउन २७ गतेबाट गर्ने भएको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड ५० लाख रुपैयाँ रहेको छ भने, हकप्रद सेयर निश्कासन पश्चात २ अर्ब ११ करोड पुग्ने छ ।

सेयरधनीले साउन २७ गतेबाट बिक्री खुल्ला हुने हकप्रद सेयर भदौ २९ गतेसम्म खरिद आबेदन दिन सकिने छ ।

कम्पनीले अहिले २२ मेगावाटको माई तथा ७ मेगावाटको माई क्यासकेड अयोजना संचालनमा आएका छन् ।


क्लिकमान्डु