जलविद्युत् योजनाको नहर खोलाले बगाउँदा आठ दिनदेखि विद्युत् बन्द



बाजुरा। बीस वर्षदेखि सञ्चालनमा आएको साना जलविद्युत् योजनाको नहर बाउली खोलाले बगाउँदा सदरमुकाम मार्तडीमा आठ दिनदेखि बत्ती बलेको छैन ।

दुई सय किलोवाट क्षमताको त्रिवेणी साना जलविद्युत् केन्द्रको नहर भत्किनुका साथै ‘प्यानेस्टिक पाइप’ फुटेपछि विद्युत्  अवरुद्ध बनेको हो । उक्त योजना त्रिवेणी सहकारी संस्थाको स्वामित्वमा सञ्चालन हुँदै आएको थियो ।

बर्सातमा बर्सेनि मार्तडीबासी अँध्यारोमा बस्न बाध्य हुन्छन् । बाउली गाडले हरेक बर्सातमा बाँध भत्काउँछ । नहरमा क्षति पु¥याउँछ । जिल्लास्थित कार्यालयको कामकाज ठप्प हुने गरेको छ । व्यापार ब्यवसाय चौपट छ । सदरमुकामलगायत बडीमालिका नगरपालिका क्षेत्रका चार हजार भन्दाबढी घरपरिवार अँध्यारोमा बस्न बाध्य छन् । एफएम, पत्रपत्रिका, इमेल तथा इन्टरनेट सेवा अवरुद्ध छ ।

जलविद्युत् केन्द्रका निमित्त कार्यालय प्रमुख गगन अयडीले अस्थायी संरचना बनाएर विद्युत् सेवा नियमित गर्ने प्रयास भइरहेको बताए ।


क्लिकमान्डु