केएल दुगडको खाद्यान्यको गोदाममा भीषण आगलागी



सांकेतिक तस्बिर

नेपालगन्ज । बाँके जिल्लाको भुजई गाउँस्थित केएल दुगड ग्रुपको खाद्यान्न गोदाममा आज भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईकाअनुसार अपराह्न ४।३० बजे लागेको आगो साँझसम्म नियन्त्रणमा आउन सकेको छैन ।

गोदाममा गहुँ, सोयाबिनको तेल र घ्यू रहेको जनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको चारवटा दमकल, प्रहरी टोली र स्थानीयद्वारा आगलागी नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जनाइएको छ । रासस


क्लिकमान्डु