भारतबाट चोरेर ल्याइएका गाडी नेपालमा दर्ता गर्ने यातायातका ७ कर्मचारी निलम्बन




काठमाडौं । कर्मचारीले नै व्यवसायीसँगको मिलेमतोमा भारतबाट ल्याइएका चोरीका गाडी दर्ता गरेको खुलासा भएको छ । व्यवसायीसँगको मिलेमतोमा महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले भारतबाट ल्याइएका चोरीका गाडी फर्जी काजजातका आधारमा दर्ता गर्ने गरेको फेला परेको हो ।

चोरीका गाडी फर्जी कागजातका आधारमा दर्ता भएको भन्ने उजुरीका आधारमा यातायात व्यवस्था विभागले गरेको छानबिनमा यस्तो भेटिएको हो । किर्ते काममा संलग्न अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित ७ जनालाई बिहीबार नै निलम्बन गरिएको छ ।

निलम्बनमा पर्नेमा कार्यालय प्रमुख हेमन्तबहादुर सिंहसहित कर्मचारीहरु दिपक थापा, नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेव भट्ट, केशवदत्त बडु र श्यामराज ओझा छन् ।

विभागले केही दिनयता गरेको छानबिनका आधारमा अनियमितता गरेको पुष्टि भएपछि मन्त्रालयमा निलम्बनको सिफारिस गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बिहीबार नै महाकालीका निमित्तप्रमुख हेमन्तबहादुर सिंहसहित ७ कर्मचारीलाई निलम्बन गरेका हुन् ।

निलम्बनमा पर्नेमा कार्यालय प्रमुख हेमन्तबहादुर सिंहसहित कर्मचारीहरु दिपक थापा, नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेव भट्ट, केशवदत्त बडु र श्यामराज ओझा छन् ।

कर्मचारीेले भारतबाट भित्र्याइएका चोरीका गाडी फर्जी कागजातका आधारमा दर्ता गरी सञ्चालन गरेको भन्दै मन्त्रालयले निलम्बन गरेको हो । निमित्त प्रमुखसहितको मिलेमतोमा कर्मचारीहरूले अनुचित रकमको लोभमा सवारीसाधन दर्ता गरेको पाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

चोरीका गाडी बिचौलियाहरूले बनाएका फर्जी कागजात चेकजाँच नै नगरी दर्ता गर्ने गरेको भेटिएको छ । यसमा ठूलो आर्थिक चलखेलसमेत भएको हुनसक्ने मन्त्रालयका एक अधिकारीले बताए । यसरी दर्ता भएका गाडी कति छन् भन्ने छानबिनकै क्रममा रहे पनि यो सयौंको संख्यामा हुनसक्ने अनुमान गरिएको छ ।

अनियमितता भएको उजुरीका आधारमा विभागले गरेको प्रारम्भिक छानबिनमा चोरीका गाडी दर्ता भएको भेटिएपछि संलग्न कर्मचारीलाई निलम्बनको सिफारिस गरिएको विभागले जनाएको छ ।


क्लिकमान्डु