मेरो माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ



काठमाडौं । मेरो माइक्रोफाइनान्सको चौथो त्रैमासिक वित्तीय बिबरण अनुसार प्रतिसेयर आम्दानी ४२.१९ रुपैयाँ भएको छ ।

माइक्रोफाइनान्सले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विबरण अनुसार उसको खुदनाफा ९ करोड २८ लाख देखिएको छ भने, खराब कर्जा १ प्रतिशत भन्दा तलै रहेको देखाएको छ ।

माइक्रोफाइनान्सले १ अर्ब ७३ करोड बरोइङ र ४९ करोड ९५ लाख निक्षेप संकलनगरी २ अर्ब ४० करोड कर्जा प्रबाह गरेको छ ।


क्लिकमान्डु