सिटिजन्स बैंकको नाफा १ अर्ब २० करोड




काठमाडौं । सिटिजन्स बैंकले चौथो क्वाटरको वित्तीय बिबरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरेको अपरिष्कृत वित्तीय बिबरण अनुसार बैंकको खुदनाफा १ अर्ब २० करोड पुगेको छ ।

यस अबधीमा बैंकले ५२ अर्ब ७० करोड निक्षेप संकलनगरी ४८ अर्ब ७१ करोड कर्जा प्रबाह गरेको जनाएको छ ।

बैंकको खराब कर्जा १.२८ प्रतिशत रहेको छ भने, प्रति सेयर आम्दानी १७.४८ रुपैयाँ रहेको छ । हाल बैंकको चुक्तापुँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार रहेको छ ।


क्लिकमान्डु