वीरगञ्ज भन्सारले उठायो एक सय एक प्रतिशत राजश्व



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ ।

गत आवमा एक खर्ब सात अर्ब ११ करोड ३१ लाख ६३ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेकामा एक खर्ब आठ अर्ब १० करोड ७७ लाख ८७ हजार रुपैयाँ राजश्व उठाउन सफल भएको छ ।

कार्यालयले मुख्य रुपमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तः शुल्कतर्फ बढी राजश्व उठाएको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए । डिजेल र पेट्रोलमा कार्यालयले १० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

सिमेन्टको कच्चापदार्थ क्लिङ्करमा तीन अर्ब ३८ करोड रुपैयाँ र एलपी ग्यासमा दुई अर्ब नौ करोड रुपैयाँ संकलन भएको छ ।

कार्यालयलाई करिब ४० प्रतिशत राजश्व भारतीय गाडीको निकासीबाट आउने गरेको छ । गत आवमा एक लाख १४ हजार थान मोटरसाइकल, आठ हजार थान कार, १७ हजार थान बस र ट्रक र एक हजार ६३३ थान ठूला ट्रक नेपाल भित्रिएका थिए ।

भन्सारले आव २०७१/७२ मा ९१ अर्ब राजश्व रुपैयाँ उठाउने लक्ष्य राखेकामा ९८ अर्ब रुपैयाँ संकलन गरेको थियो । आव २०७२/७३ मा ७१ अर्ब रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य लिएकामा ५५ अर्ब रुपैयाँ संकलन भएको थियो ।

 


क्लिकमान्डु