चामल,तरकारी र फलफूल खाएर ३६ अर्ब सकियो



काठमाडौं । नेपालमा सवारी तथा पेट्रोलको आयात बढेको चिन्ता बढी नै हुन्छ । नेपालमा उत्पादन नहुँने वस्तु आयात हुनु स्वभाविक नै हो ।

तर,नेपालमा उत्पादन गर्न सकिने चामल,तरकारी र फलफूल आयात गर्दा ३६ अर्ब सकिएको छ ।

गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा २२ अर्ब ९३ करोड ६० लाख रुपैयाँको चामल आयात भएको छ ।

यो ७ प्रतिशतले मात्र बढी हो । अघिल्लो आर्थिक वर्ष २० अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

यस्तै आर्थिक वर्ष २०७३/ ७४ मा तरकारी आयात ९ अर्ब ८९ करोड ७३ लाख रुपैयाँको भएको छ । गत आव २०७२/ ७३ मा ६ अर्ब ९२ करोड ४६ लाखको तरकारी आयात भएको भएको थियो । त्यस्तै गरी आव २०७१÷७२ मा तरकारी आयात ६ अर्ब ६ लाख रुपैयाँको भएको थियो ।

यस्तै आव २०७३/७४ मा बच्चको खानेकुरा तथा दुध मात्रै ५ अर्ब ५२ करोड ४६ लाख को आयात भएको छ । जुन गत आब २०७२/ ७३ मा ४ अर्ब २९ करोड २९ लाख रुपैयाँको आयात भएको थियो ।

यस्तै गत आर्थिक वर्षमा ४ अर्ब ५६ करोड रुपैयाँको फलफूल आयात भएको छ ।


क्लिकमान्डु