८ सय २७ अर्बको अयात गर्दा ६८ अर्बको निर्यात




काठमाडौं । आर्थिक बर्ष २०७४ को एघार महिनामा नेपालको कूल व्यापार घाटा उच्चदरमा बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक तथ्यांक अनुसार ८ खर्ब २७ अर्ब ९५ करोड व्यापार घाटा भएको छ ।

११ महिनामा कुल वस्तु निर्यात १०.४ प्रतिशतले वृद्धि भई ६८ अर्ब ६२ करोड पुगेको रहेको छ ।

११ महिनाको अवधिमा कुल वस्तु आयात ३०.९ प्रतिशतले बढेर ८ खर्ब ९६ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०.९ प्रतिशतले घटेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २०.१ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ १२ प्रतिशत, चीनतर्फ ४.३ प्रतिशत र अन्य मुलुकतर्फ ८.७ प्रतिशतले निर्यात बढेको छ ।

वस्तुगत आधारमा जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउ, लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैचा, अलँैची, तयारी पोशाक, पोलिष्टर धागो, चिया लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

यस्तैगरी समीक्षा अवधिमा भारतबाट भएको आयात ३९ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस विलेट, सिमेन्ट, हवाईजहाजका पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात ७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.१ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु