मूल्य वृद्धि १३ वर्षयताकै न्युन, काठमाडौंमा सवैभन्दा कम मूल्यवृद्धि



काठमाडौं । आपूर्ती व्यवस्थापनको सुधार तथा लोडसेडिङ अन्त्यका कारण गत आर्थिक वर्षमा १३ बर्ष यताकै मूल्य बृद्धिमा कमि आएको छ ।

गत आर्थिक वर्ष २०७३/७४ को जेठ मसान्तको अन्त्यसम्मको मूल्यबृद्धि २.८ प्रतिशत कायम भएको छ । तर, अघिल्लो आर्थिक वर्ष २०७२/७३ को सोही आवधीमा ११.१ प्रतिशत रहेको थियो ।

यसअघि सवैभन्दा कम आव २०६१/६२ मा मूल्य बृद्धि २.७ प्रतिशत मात्रै रहेको थियो । उक्त आर्थिक वर्षयताकै कम हो ।

नेपाल राष्ट्रबैंकले मंगलबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांक अनुसार पहाडमा महंगी ४ प्रतिशत बढेको छ । भने तराईमा ३.१ प्रतिशत तथा हिमाली क्षेत्रमा १.८ प्रतिशत मात्रै रहेको छ ।

त्यस्तैगरी काठमाडौ उपत्यकामा १.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्यबृद्धिदर पहाडमा १२ प्रतिशत, तराईमा ९.५ प्रतिशत, हिमालमा १०.२ प्रतिशत र काठमाडौ उपत्यकामा १३ प्रतिशत रहेको थियो ।

दलहन तथा गेडागुडीको मूल्यमा १७.५ प्रतिशत, तरकारीको मूल्यमा १६.३ प्रतिशत र ध्यू तथा तेलको मूल्यमा १ प्रतिशतले कमी रहन गएको छ ।

चिनी तथा चिनीजन्य पदार्थको मूल्य ११.५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.८ बृद्धि भएको छ । तर, गतवर्ष तरकारीमा २९.४, दलहन तथा गेडागुडीमा २१.५, मदिराजन्य पेय पदार्थमा १५.९, चिनी तथा चिनीजन्य पदार्थमा १३.५ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु