सार्कमा खुल्ला आकास नीतिः भारतको प्रस्ताव नेपालद्वारा अस्विकार




काठमाडौं । एसियाली मुलुकमा खुल्ला आकास नीति लिने भारतीय प्रस्तवलाई नेपालले अस्विकार गरेको छ । भारतले नेपाल सहित सार्क क्षेत्रका अन्य ७ वटा मुलुकमा खुल्ला आकास नीति लिनेगरी नेपालमा पनि प्रस्ताव गरेको थियो ।

नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोले तत्काल यस नीतिमा सहमती जनाउँन नसकिने नेपालले बताएको हो । अहिले नै विमानस्थलले चाप थेग्न नसकेको वेला खुल्ला आकास नीतिमा गए निकै ठूलो समस्या हुने नेपालको बुझाई रहेको छ ।

एक महिना अगाडी नेपालको परराष्ट्र मन्त्रालय मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उक्त प्रस्ताव आएको थियो । दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमै उक्त विषयले प्रवेश पाएको थियो ।

युरोपमा खुल्ला आकास नीति सफल भएपनि अन्य क्षेत्रमा खासै सफल भएको छैन । युरोपमा एउटै मुद्रा तथा संस्कृति, भाषा समेत प्रायः मिल्ने भएकोले युरोपमा जस्तो दक्षिण एसियामा नहुने नेपालको तर्क छ ।

भारतसंग उडान गर्न खुल्ला आकास नीति जस्तै साताको ३० हजार सिट क्षमता रहेको छ । नेपालको पूर्वाधार तयार नभइसकेकोले अहिले यो विषयमा सहमति दिन नसक्ने जानकारी गराएको मन्त्रालयको भनाई छ ।

युरोपमा खुल्ला आकास नीति सफल भएपनि अन्य क्षेत्रमा खासै सफल भएको छैन । युरोपमा एउटै मुद्रा तथा संस्कृति, भाषा समेत प्रायः मिल्ने भएकोले युरोपमा जस्तो दक्षिण एसियामा नहुने नेपालको तर्क छ ।

भारत, नेपाल, भुटान, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान, बंगलादेश, श्रीलंकामा एक देशबाट अर्को देशमा उडान गर्न कुनै पनि अनुमति लिनु नपर्नेगरी भारतले सवै मुलुकमा प्रस्ताव गरेको थियो ।


क्लिकमान्डु