देशभरका विमानस्थलमा ‘लेजर लाइट’ आतंक बढ्दो




काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विमानस्थलमा साँझको समयमा उडान/अवतरणको क्रममा ‘लेजर लाइट’ आक्रमण बढेको जनाएको छ ।

यस्ता आक्रमण गर्ने माथी कडा कारबाही गर्ने जनाउँदै नागरिक उड्डयन प्राधिकरणले यस्तो नगर्न आग्रह समेत गरेको छ ।

विगतमा पनि जहाज उडान तथा अवरतणको क्रममा रहेका जहाजमा ‘लेजर लाइट’ देखाएर पाइलटलाई समस्या पार्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने जनाएको हो ।

प्राधिकरणले त्रिभुवन विमानस्थल सहित अन्य आन्तरिक विमानस्थलमा समेत यो आक्रमण बढेको जनाएको छ ।

प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै यस्तो कार्यबाट उडान सुरक्षामा गम्भिर असर पर्न सक्ने भएकाले यस्तो गतिविधि नगर्न प्राधिकरणले आग्रह गरेको छ ।

‘अहिले यस्को प्रयोग धेरै बढेको छ, यसलाई रोक्न जुनसुकै कदम चल्न बाध्य हुने छौ,’ प्राधिकरणले विज्ञप्तीमा उल्लेख गरेको छ ।

एक वर्ष अगाडी पनि नेपाल वायुसेवा निगमको एयरबस ए ३२० जहाज बैंकक बाट आउने क्रममा कोटेश्वर माथी लेजरलाइटले ककपिटमा आक्रमण भएको थियो ।

१ सय ४० यात्रु बोकेको उक्त जहाजमा लेजर लाइट हान्दा क्याप्टेनको आँखामा असर परको थियो ।

उक्त समयमा पनि ठुलो दुर्घटनाबाट जहाज बचेको थियो । पछि नेपाली सेना सहयोगमा लेजर लाइट आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गरिएको थियो ।

लेजरलाइटले उत्सर्जन गर्ने हरियो चुम्बिकिए विकिरणले चालकदलको कमान्ड सम्हालेका क्यापटेनको आँखामा असर पार्दछ ।


क्लिकमान्डु