प्रधानमन्त्री देउवालाई पत्नी आरुजुले बुझाइन् ज्ञापनपत्र



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र उनी पत्नी डा आरुजु राणा देउवा राजनीतिमा सक्रिय हुने दम्पतीमा पर्छन् ।

देउवा चार पटक प्रधानमन्त्री भइकसके भने आरुजु कांग्रेसबाट सांसद् छिन् ।

आइतबार प्रधानमन्त्री देउवालाई आफ्नै श्रीमती डा आरुजुले ज्ञापनपत्र बुझाएकी छन् ।हिला महिला सांसद समन्यव समितिले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलालाई सहभागी गराउन माग गर्दै आइबतर ज्ञापनपत्र बुझाएको हो ।

समितिकी अध्यक्ष तथा प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर महिला सांसदहरुले ज्ञापन पत्र बुझाएका हुन् । प्रधानमन्त्री देउवालाई आरजु राणाले नै ज्ञापनपत्र हस्तान्तरण गरेकी थिइन् ।

महिला सांसदहरुले देशका विभिन्न भागमा महिला जनप्रतिनिधिमाथि आक्रमण हुने गरेको भन्दै उनीहरुको सुरक्षाको व्यवस्था गर्न, छाउपडी प्रथाको अन्त्य गर्न पनि माग गरेका छन् । महिला सांसद समन्यव समितिमा सबै दलका महिला सांसदहरु सहभागी छन् ।


क्लिकमान्डु