प्रधानमन्त्रीले भने- १५ दिनभित्र काठमाडौंमा खाल्डा देख्न नपरोस



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको खाल्डा १५ दिनभित्र पुर्न निर्देशन दिएका छन् ।

आईतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार लगायतका सरोकारवालानिकायकामन्त्रीहरु, मुख्यसचिव, सचिव, विभागीयप्रमुखलाई बोलाएर सडकका खाल्डा तत्कालपुर्न र ढल फुट्ने समस्यासमाधानगर्न निर्देशन दिएका हुन् ।

शुक्रबार अपरान्ह राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर निधन भएको र सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्दार गरिएको घटनाप्रति ध्यानाकर्षण गर्दै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्यानदोहोरिने गरी समाधानगर्न निर्देशन दिए ।

‘सरकार भनेको जनताकालागिबनेको हो । जनताको समस्यालाई हामीले कुनै पनिहालतमा समाधानगर्नुपर्छ’ प्रधानमन्त्रीले निर्देशन दिदै भने, ‘काठमाडौंमा सडक हो किपोखरी हो चिन्ननसक्ने भएका छन् । स्कुलका विद्यार्थीहरु हिड्दा हिड्दै ढलमा पसेका छन् । खाल्डा खुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ । तपाईहरु के गरिरहनु भएको छ ? काठमाडौं उपत्यकाका खाल्डाहरु तत्कालपुर्नेहोस्, त्यसको लागि थप वजेट चाहिए म उपलव्ध गराउँछु ।’

प्रधानमन्त्रीले सरोकार वाला निकायका प्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर समस्या समाधानगर्न समेत निर्देशनदिनु दिएका छन् ।

‘तपाईहरुले आजै फिल्डमा गएर निर्देशनदिनुस्, बढिमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरु पुर्नहोस्, फुटेका ढलहरु बनाउनुहोस् । ढलेकाविजुलीको पोल गाड्नुहोस्’ प्रधानमन्त्रीले भने, ‘मैले अवको १५ दिनभित्र काठमाडौंमा खाल्डा खुल्डी देख्न नपरोस् ।मलाई रिपोर्ट गर्नुहोस् ।’

प्रधानमन्त्रीले काठमाडौं उपत्यकाका नेपाल टेलिकम, विद्युत प्राधिकरण र सडक विभागले समन्यन गरेर काम गर्न पनि निर्देशन दिएका छन् । ‘एउटै खाल्डो खनेर बनाउन सकिने तपाईहरु किन तीन पटक खाल्डो खन्नु हुन्छ’ प्रधानमन्त्रीले भने, ‘अव समन्वय गरेर कामगर्नुहोस् ।’

प्रधानमन्त्रीले काठमाडौं उपत्यकाकोृ एकीकृत विकास आयोजनाको प्रस्ताव समेत तयार गर्न निर्देशनदिनु दिएका छन् ।

उक्त बैठकमा प्रधानमन्त्री देउवा, उपप्रधान एवम् स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार,सहरी विकास मन्त्री प्रभु साह, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, अर्थ सचिव, भौतिक योजना सचिव, उर्जा सचिव, खानेपानीमन्त्रालयका सचिव, नेपाल टेलिकमकाकार्यकारी निर्देशक, विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलगायतका सरोकारवाला निकायको प्रमुखहरुको उपस्थिति थियो ।


क्लिकमान्डु