प्रधानन्यायधीशमा पराजुलीको नाम अनुमोदन



काठमाडौं । व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिले कामु प्रधानन्यायधीश गोपाल पराजुलीको नाम सर्वसम्मत रुपले अनुमोदन गरेको छ ।

समितिको आज बिहान बसेको बैठकले पराजुलीको नाम अनुमोदन गरेको हो ।

२०४८ सालमा जिल्ला न्यायधीश बनेका पराजुली संसदीय सुनुवाईपछि प्रधानन्यायधीश बन्ने छन् ।

शुसीला कार्की प्रधानन्यायधीशबाट अवकास पाएपछि सर्बोच्चमा प्रधानन्यायधीश पद खाली थियो । बरिष्ठताको आधारमा पराजुली कामु प्रधानन्यायधीश थिए ।

 


क्लिकमान्डु