भुटान एयरलाइन्सको जहाज नल्याउने, १७ बर्ष पुरानो भएकाले सबै पछि हटे



काठमाडौं । नेपाल वायुसेवा निगमले भुटान एयरलाइन्सको जहाज भाडामा नल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउने प्रस्ताव रद्द गरेको हो ।

निगमले हाल उडान गरिरहेको बोइङ-७५७ जहाज सि-चेकिङको लागि सिंगापुर पठाउँदै छ । यसै साता जान लागेको उक्त जहाजको चेकिङको लागि २ महिना लाग्ने छ ।

निगमले जहाज खरिद गरेर ल्याउन मात्र १५ वर्षे लागू हुने बताउँदै आएपनि प्राधिकरणले भने भाडामा ल्याउन पनि नमिल्ने तर्कगरेपछि निगमले भाडामा ल्याएर उडाउने योजना तुहिएको हो ।

उक्त जहाजको ठाऊमा दुई महिनाका लागि निगमले भाडामा ल्याउन लागेको भुटान एयरलाइन्सको जहाज ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको थियो ।

प्राधिकरणले जहाज १७ वर्ष पुरानो भएकोले हवाई नीति अनुसार जहाज ल्याउन नमिल्ने भन्दै निर्णयको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाएको थियो ।

निगम संचालक समितिका अध्यक्ष समेत रहेका मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले हवाई नीतिमा १५ वर्षभन्दा पुरानो जहाज नेपाल ल्याउन नपाउने व्यवस्था भएकोले विवाद हुनसक्ने भन्दै जहाज भाडामा ल्याउने निर्णय रद्द गरेका छन् ।

निगमले आह्वान गरेको टेन्डरमा भुटान एयरलाइन्सले १७ वर्षदेखि उडाउँदै आइरहेको एयरबस ए-३१९ लिजमा दिने प्रस्ताव गरेको थियो ।

निगमले जहाज खरिद गरेर ल्याउन मात्र १५ वर्षे लागू हुने बताउँदै आएपनि प्राधिकरणले भने भाडामा ल्याउन पनि नमिल्ने तर्कगरेपछि निगमले भाडामा ल्याएर उडाउने योजना तुहिएको हो ।

जहाज अभाव हुनेभएपछि निगमले ४ वटा गन्तव्यको उडान दुई महिना स्थगित गर्न लागेको छ । निगमले जहाज अभावका कारण दुई महिना कतारको दोहा, मलेसियाको क्वालालम्पुर, भारतको बैंग्लोर र भारतको नयाँ दिल्लीको बेलुकाको उडान स्थागित गर्न लागेको हो ।


क्लिकमान्डु