लक्ष्मी लघुवित्तको नाफा ११ करोड, बिवरणसहित



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्नो आर्थिक बर्ष २०७३/०७४ मा १० करोड ७१ लाख खुदनाफा आर्जन गरेको छ । संस्थाले आज आफ्नो वित्तीय बिवरण सार्वजनिक गरेको हो ।

आर्थिक बर्ष सकिएको भोलि पल्टै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय बिवरण अनुसार संस्थाको खराब कर्जा अनुपात ०.५० प्रतिशत रहेको छ भने, प्रति सेयर आम्दानी ४८ रुपैया भन्दा माथि रहेको छ ।

संस्थाले ५५ हजार ९५८ विपन्न परिवारलाई वित्तीय सेवा दिदै आएको जनाएको छ ।


क्लिकमान्डु