सांग्रिलाले किन्यो कसमस डेभलपमेन्ट बैंक, चुक्ता पुँजी १ अर्ब ३६ करोड



काठमाडौं । काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलमेन्ट बैंकले गोरखामा प्रधान कार्यालय रहेको कसमस डेभलपमेन्ट बैंकलाई एक्वायर (प्राप्ति) गरेको छ । बैकले आषार ३० गते शुक्रबार एकिकृतरुपमा कारोवार संचालन गरि औपचारिक प्राप्ति गरेको हो ।

उक्त प्राप्ति कार्यक्रमको उद्घाटन सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा.रबीन्द्र प्रसाद श्रेष्ठ तथा कसमस डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा टेकनाथ ढकालले संयुुक्तरुपमा गरे ।

कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकको चुुक्ता पुँजी १ अर्व ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । चुुक्ता पुँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ का दरले हकप्रद शेयर निष्कासन गर्ने बैंकको १२ औं बार्षिक साधारण सभाको निर्णय बमोजिम हकप्रद शेयर निष्कासन पश्चात चुुक्ता पुँजी २ अर्व ४४ करोड ५२ लाख रुपैयाँ हुुने बैकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

चालु आ.ब.२०७३/७४ को बाड्न मिल्ने कोष तथा मुनाफाबाट करिब ३० करोड रुपैयाँ बराबरको बोनश शेयर वितरणपछि बैंकको चुक्ता पुँजी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रियस्तरको विकास बैंकलाई चाहिने २ अर्व ५० करोड रुपैयाँ पुग्ने बताइएको छ ।

प्राप्ति पश्चात आ.ब.२०७३÷७४ को तेस्रो त्रैमासिक विवरण अनुसार बैकको निक्षेप १२ अर्व ४० करोड तथा कर्जा ११ अर्व ४१ करोड रुपैयाँ रहेको छ । बैकका शाखा संख्या ३५ वटा, १ वटा एक्सटेन्सन काउन्टर तथा ६ वटा लघुबित्त शाखा रहेको बैकका थकालीले बताए ।


पुष्प दुलाल