सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त



काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सचिव राजेन्द्रकिशोर क्षेत्री नियुक्त भएका छन् ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव रहेका क्षेत्रीलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मुख्यसचिव रहेका सोमलाल सुवेदी एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशकमा गएपछि मुख्यसचिव खाली रहेको थियो ।

 


क्लिकमान्डु